पेट्रोल पम्पहरुको ठग्ने काईदा: ठगीबाट बचि राख्नुहोस

everest kitchen
Photo file

विपेन उलङगे
काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे आउने गरेपनि अाैपचारिक गुनासाे नहुदा सम्बन्धित निकाय पनि मैन बसिरहेका हुन्छन ।

स्वयम्भू स्थित एक पेट्रोल पम्पमा रु ३ सयकाे तेल भर्दा १९९ रुपैयाँको मात्रै तेल भरिदिएपछि तेल भर्न आएका दुई युवकले बिवाद गरेका थिए । अाफुहरुसंग र पछि भरेकाे तेल गर्दा पनि बाईककाे मापन मिटर नबढेकाे भनेपछि पम्पका कर्मचारीले एकआपसमा ईसारा गरेर पैसा फिर्ता दिए ।

काठमाडौंमा पाेट्राेल पम्पबाट ठगिएका एकाध घटना मात्र बाहिर आएपनि दैनिक हजारौं उपभोक्त ठगिकाे शिकार भैरेकाे सत्य हाे । नाप तौल तथा गुणस्तर विभागले यस्ताे ठगिकाे अनुगमन तथा नियन्त्रण गर्ने भएपनि खासै प्रभावकारि काम भने गर्न नसकेकै हाे ।

नेपालमा पम्पहरुले बिभिन्न अाईडिया लगायर ठगेपनि धेरै जसाे भने सिधै ठगिरहेका हुन्छन । पम्पहरुले ठगेकाे हामी उपभोक्तलाई पनि थाहा हुन्छ । तर वास्ता हुदैन । ठगिका बिभिन्न उपायहरु :

मिटर भन्दा कम तेल भर्छन दिन्छन पम्पहरु :

ठगिकाे पहिलाे र एकनम्बर आईडिया भने मिटर पुरा नगर्ने हाे । यस्ताे ठगि प्रत्येक ब्यक्ति र सवारि साधानमा पम्मपहरुले सिधै ठगि रहेका हुन्छन । सुन्दा सामान्य हाे । तर ठगि ठुलाे छ ।

जुनसुकै पेट्रोल पम्पमा पेट्रोल तथा डिजेल भर्दा तिन सयकाे तेल भर्नु भयाे भने पम्पहरुले जम्मा २९९ रुपैयाँको मात्रै तपाईंलाई तेल भरिदिने गर्छन ।पम्पहरुले तपाईंलाई सिधै १ रुपैया ठगि सकेका हुन्छन ।

त्यस्तै ३ लिटर तेल भर्नु भयाे भने पम्पहरुले तपाईंलाई २९५० मिलिमिटर मात्रै पम्पहरुले तेल भरिदिन्छन । यसबाट तपाईंलाई करिब ६ रुपैयाँ बराबरको घाट लाग्छ । एकजना बराबर पाँच रुपैयाँ ठगेपनि दैनिक हजाराै ठग्छन पम्पहरु । त्यसैले अटाे सेट गरेर मात्रै तेल भर्दा राम्रो हुन्छ ।

मेसिनकाे डिस्प्ले छेकेर ठग्छन

तपाईं पेट्रोल पम्पमा तेल भर्न जादै हुनुहुन्छ भने पम्पकाे डिस्प्ले नजिक नपुग्दै पम्प सञ्चालक वा कर्मचारिले त्यहि राेक्नुहाेस भन्छन हाेला । यदि यसाे भने भने उनिहरुकाे अर्काे ठग्ने अाईडिया हाे । तपाईं डिस्प्ले नजिक अाउन नदिएर तपाईं भएकै ठाउँमा नाेजल (तेल राख्ने मेसिन) लियर आउछ भने तपाईंलाई उसले सिधै कम तेल भर्ने सम्भावना अधिक रहन्छ ।

सम्भबत: यस्ताे ठगि गर्दा एकजना तेल भर्ने र एकजना पैसा बुझ्ने हुन्छन । त्यहाँ गडबड गर्ने भनेकै पैसा बुझ्ने कर्मचारीले गर्छ । उसले तपाईंकाे नजर नपर्दै ३ सयकाे तेल भर्दा करिब २५० जतिमा मिटर कुदेपछि मेसिन राेकेर मिटर जिराे गरि सकेकाे हुन्छ । तर तपाईंले ३ सयकै तेल हालि सक्याे हाेला भनेर उसलाई ३ सय नै दिनु हुन्छ । यस्ताे ठगिबाट बच्न मिटर डिस्प्ले राम्रोसँग देखिने गरि अडिनुपर्छ ।

यिबाहेक डिजेल, पेट्राेल भर्दा नाेजलकाे बटन बारम्बार राेक्ने अनि भर्ने गर्दा तेल कम आउछ । तेलमा मिसावट गरेर पनि ठगि रहेका हुन्छन । तेलमा हावा तथा ग्यासकाे मात्रा प्रयाेग गरेर पनि पम्मपहरुले ठग्ने गरेका छन । त्यस्तै मिटर जिराेमा नझारेर बिचबाटै सुरु गरेर पनि ठग्छन । आधुनिक डिभाईस तथा मेसिनकाे सेटिङ बिगारेर पनि पेट्रोल तथा डिजेल ठग्ने गरिएकाे छ ।

यधपी काठमाडौंकाे तुलनामा तेलमा मिसावाट त छदैछ त्यसमा पनि अनेक तिकडम गरेर पम्प वालाहरुले ठग्ने गरेकै कारण संस्थान द्धारा सञ्चालित पम्पहरु उपभोक्तहरु बढि तेल भर्ने गर्छन । काठमाडौंमा सैनिक , प्रहरिहरुका पम्पहरुमा तेल भर्नेकाे घुईचाे लाग्नुकाे कारण अन्यत्रको पम्पको ठगि न‌ै हाे ।