नेपाली काङ्ग्रेस बझाङ बित्थडचिर गाउँपालिकाको सभापतिमा चक्र अधिकारी

everest kitchen

समीर मल्ल
बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा चक्र अधिकारी नेपाली कांग्रेसको सभापतिमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशनले उनलाई सभापतिमा चयन गरेको हो ।

पालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न अधिवेशनबाट अधिकारी सर्वसम्मत पालिका सभापतिमा चयन भएका हुन । पालिका सभापतिमा तीन जनाको उम्मेदवारी भएपनि अधिकारी सर्वसम्मत सभापति बनेका हुन ।

यस्तै पालिका उप-सभापतिमा सुरेश महर, धनबहादुर बोहरा, सचीवमा धनबहादुर मल्ल र बिर बहादुर बोहरा, सह-सचिवमा रुगड बिक, गणेश बोहरा र कोषाध्यक्षमा विपना बिक चयन भएका छन ।

लामो समय नेपाल प्रहरीमा सेवारत रहेका अधिकारी डेढ बर्ष अघि सेवा निवृत्त भएका थिए । अधिकारीले सेवामा रहदा झण्डै २८ महिना बित्थडचिरमै बसेर सेवा गरेका थिए ।

पञ्चायतकाल देखि काँग्रेसको पारिवारिक पृष्ठभुमि भएका आधिकारीले नेपाल प्रहरीमै सेवारत हुँदा बित्थडचिरमा दोस्रो पुस्तामा फरक छवि बनाएको स्थानीय नेता कार्यकर्ताहरुले बताएका छन् ।

नेपाल प्रहरी भित्र खेलकुदका क्षेत्रमा भलिबल र फुटबल खेलबाट पनि आफुलाई अब्बल साबित गरेका उनले लामो समय क्षेत्रिय प्रहरी तालिम केन्द्र दिपायल डोटिमा कार्यर रहदा युवाहरु माझ लोकप्रिय ब्यक्तीका रुपमा रहदै आएको उनका स्थानीयले बताए ।

आफुसंग पार्टी र संगठनप्रति दृढ संकल्प रहेको अधिकारीले बताए । उनले सभापतिमा निर्वाचित भएपछि कांग्रेसलाई सशक्त रुपमा अघि बढाउदै बित्थडचिरमा काङ्ग्रेसलाई बलियो बनाउदै अगाडि बढनेसमेत बताए । नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि पार्टीको राजनितिमा सकृय छन ।