पिएनसीसी मलेसियाद्वारा सोक्सो सम्बन्धि जानकारी मूलक कार्यक्रम सम्पन्न

everest kitchen

पिएनसीसी मलेसियाले मलेसियामा रहेका श्रमिकहरुलाई लक्षित गरि जानकारी मूलक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।
मलेसियामा रहेका प्रवासी कामदारहरुले अनिवार्य रुपमा जान्नुपर्ने सामाजिक सुरक्षा कार्यक्रम (सोक्सो) को बिषयमा पिएनसीसी मलेसियाले जानकारी मुलक भर्चुअल कार्यक्रम गरेको हो ।

सोक्सो मलेसिया सरकारद्वारा प्रवासी तथा स्थानिय कामदारहरुको हितलाई ध्यानमा राखेर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम हो ।कार्यक्रममा नेपाल राजदुतावासका प्रतिनिधि प्रतिक कार्कीले सोक्सोको बिषयमा जानकारी र फाइदाको बिषयमा बोल्नुका साथै मलेसियामा रहेका श्रमिकहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

कुनै पनि कम्पनीमा कार्यरत कामदारहरुको तलबको १.२५ प्रतिशत रकम कम्पनीले सोक्सो कार्यक्रम अन्र्तगत सरकारलाई मासिक रुपमा बुझाउनुपर्ने हुन्छ । यदि कम्पनीमा काम गर्दागर्दै कुनै पनि कामदारको मृत्यु भएमा अथवा दीर्घकालिन अपागं भएमा सोक्सोले कामदारको मासिक तलबको ९० प्रतिशत सम्म रकम कामदारलाई आजिवन दिन्छ भने कामदारको मृत्यु भएमा कामदारकी श्रीमति भए आजिवन रकम पाउने, छोराछोरी भए २१ बर्ष उमेरसम्म मासिक रकम पाउने ब्यवस्था रहेको छ ।

मलेसियामा प्रवासी कामदार हुने हरेक कम्पनीले सोक्सो कार्यक्रम अन्र्तगत कामदारहरुलाई दर्ता गराउनुपर्दछ ।
हालसम्म मलेसियामा तीन लाख भन्दा पनि बढी नेपाली कामदारहरु सोक्सो कार्यक्रम अन्र्तगत दर्ता भईसकेको नेपाल राजदुतावासका प्रतिनिधि प्रतिक कार्कीले जानकारी गराए ।

कार्यक्रममा पिएनसीसीका तर्फबाट बोल्दै पिएनसीसी मलेसियाका संयोजक मछिन्द्र चापागाईले सबै नेपाली श्रमिकहरुले सोक्सोको बिषयमा जानकारी लिनुपर्ने र कम्पनीबाट पाउने सुबिधाहरु बारेमा थाहा पाउनु पर्ने बताउदै यदि कुनै किसिमको सहयोग चाहिएमा पिएनसीसी मलेसियामा सम्पर्क गर्न अनुरोध गरे ।

कार्यक्रममा प्रश्नोत्तरका साथै अतिथिका रुपमा शंकरबहादुर पौड्याल, बिपीन राई तथा नरुबहादुर लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम इश्वर राईले सञ्चालन गरेका थिए ।