परीक्षा – शारदा दहाल (भण्डारी)

everest kitchen

लघुकथा – परीक्षा

शारदा दहाल (भण्डारी)
विद्यालयकै उत्कृष्ट बिद्यार्थी थिए वर्षा र वशन्ती। गरिबी थियो दुबैको पारिवारिक पृष्ठभूमि हेर्दा ।अत्यन्तै अनुशासित र जेहन्दार थिए दुबै ।एउटै गाउँमा सँगै जन्मेका ,एउटै कक्षामा पढ्ने सँगै खाने खेल्ने भनौँ जुनसुकै काम सँगै गर्थे ।कक्षोन्नति गर्दा क्रमाङ्कको मात्रै समस्या होइन। हर क्षेत्रमा शैक्षिक पक्ष र अतिरिक्त क्रियाकलापमा समेत उस्तै अब्बल देखिएकाले को प्रथम को द्वितीय छुट्ट्याउन निकै मुस्किल थियो सबै सरमिसहरुलाई।

विद्यालयको वार्षिकोत्सब आयो विभिन्न पुरस्कार वितरण गर्नुछ।एउटाको नाम एउटाले लिन्छ फेरि अर्कोले अर्कोको। गर्दागर्दै निष्कर्ष निकाल्न नसकेपछि नेपाली पढाउने गुरुमाले मलाई जिम्मा दिनोस् भन्न बाध्य हुनुभयो ।

विस्वासिलो र माया गर्ने गुरुमा मूल्यांकनमा पाउँदा दुबै खुशी हुन्छन् ।प्रधानाध्यापक लगायत सबैबाट स्वीकार हुन्छ।दूधको दूध पानीको पानी छुट्याउनु छ।धेरै सोचेर अलि बैज्ञानिक ढंगले परीक्षा गर्ने तयारी गर्नुहुन्छ गुरुमा। भोलिपल्ट वर्षा र वशन्तीलाई एकैसाथ बोलाएर एक एक खन्ती दिँदै समय निर्धारण गरी ६ फीटको खाल्डो खन्ने निर्देश गर्नुहुन्छ ।

आदेशानुसार उनीहरू परीक्षामा सामेल हुन्छन् ।निर्धारित समयपछि गुरुमा परीक्षण गर्न जानुहुन्छ । वर्षाले १० वटा स-साना खाल्डा खनिछिन् भने वसन्तीले एउटा ६ फिटको।

“कडा चट्टान आएपनि खनिरहे खाल्डा
दसओटा थोरै थोरै खनिरहनु भन्दा
अथक परिश्रम र कडा मेहनतले,
सफलता मिल्छ कर्मयोग गर्दा !!

भन्दै प्रथम र द्वितीय छुट्याउनु भयो। ।