मदिरा सेवन गरी स्कारपियो चलाउँदा दुर्घटना

everest kitchen

बैतडी, बैतडीको दशरथचन्द नगरपालिका-२ कठपाते नजिकै स्कारपियो दुर्घटनामा परेको छ । गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।

चालक शिवनाथ-२ का २२ बर्षीय मीनराज ओझाले मदिरा सेवन गरेर स्कारपियो चलाएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कारपियो नालीमा खसेकाले मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक ओझाले बताए ।

चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटना भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।चालकले मदिरा सेवन गरेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्कारपियोमा ८ जना सवार थिए ।