स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता

everest kitchen
photo file

एजेन्सी। स्विट्जरल्यान्डमा समलिंगी विवाहलाई मान्यता दिइने भएको छ । आईतवार भएको जनमत संग्रहमा झन्डै दुईतिहाईले समलिंगी विवाहलाई मान्यता दिनुपर्ने पक्षमा मतदान गरेका थिए ।

यो सँगै स्विट्जरल्यान्ड पश्चिम युरोपमा समलिंगीलाई मान्यता दिने अन्तिम राष्ट्र बनेको छ । जनमतसंग्रहमा ६४ दशमलब १ प्रतिशत मतदाताले समलिंगी विवाहको पक्षमा मतदान गरेका थिए ।

मतदान परिणामपछि त्यहाँका लेस्वियन, गे, वाइसेक्सुअल तथा ट्रान्सजेन्डर समूह खुसी खुसी भएका छन् । समलिंगीका पक्षमा भएको मतदान समानतका लागि कोशेढुंगा सावित भएको एम्नेस्टीले जनाएको छ ।