घाइते महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुरको आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो
मलेसिया । आईतवार धनुषाका गनेशमान चारनाथ नगरपालिका – २ छघरिया घर भएका लक्ष्मन महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुर दलान र केन्द्रिय कार्यसमितिद्वारा ५१ हजार रुपैया हजार आर्थिक सहयोग गरिएको छ।

करिब १ महिना अघि गाउँकै एक मोटरसाइकल चालकले महरालाई ठक्कर दिएपछि देब्रे खुट्टाको हाड भाचिएको थियोे । अहिले उनको बिराटनगरकाे होस्पिट्लमा उपचार भैरहेको छ । हाल सम्म लगभग करिब २ लाख खर्च भैसकेको र अझै १ लाख ७० हजार रुपैया खर्च लाग्ने डाक्टरकाे बताएपछि उनलाई आर्थिक समस्या परेको हो ।

घाइतेको आर्थिक अवस्था अतिनै कमजोर रहेको र पैसा नभएको कारन उपचार गराउन पनि समस्या भैरहेकाे भन्दै छाेरा काशिन्र्द महराले संस्थाको केअल दलानक अध्यक्ष जमिर मंन्सुरलाई जानकारी गराएर सहयोगको आग्रह गरेपछि संस्थाले सहयोग जुटाएको हो ।

३ दिन पहिला मात्रै घाइतेको श्रीमती तथा अपिल कर्ता काशिन्र्द महराकाे आमाको निधन भईसकेको परिवारले जनाएको छ ।

पीडितलाई हेल्प मधेशी नेपालको केन्द्रिय अध्यक्ष राम उदगार यादव, उधाेग वाणिज्य संघ सबैलाका अध्यक्ष रामचन्द्र प्रसाद जसवाल, धनेश्वरल मिश्र, स्थानीय वडा अध्यक्ष रामशुक यादवले उक्त रकम बिरामी महराको घरमै पुगेर हस्तान्तरण गरेका थिए ।