बझाङको केदारस्यु गाउपालिकाको काङ्ग्रेस सभापतिमा भन्डारी निर्बाचित

everest kitchen

समीर मल्ल
बझाङ । बझाङ जिल्लाको केदारस्यु गाउपालिकाको सभापतिमा शिवराज भन्डारी निर्बाचित भएका छन । नेपालि काङ्ग्रेसकि १४ औ महाधिवेशनबाट आइतबार सम्पन्न मतदानमामा सभापतिका प्रत्यासी द्धय अहिन्द्र साही र कर्सिङ धामिलाइ पराजित गर्दै बिजय भयका हुन ।

अन्य पदहरुमा सर्बसम्मत भएपनि अध्यक्षको लागि भने निर्बाचन नै भयको थियो । पालिका अधिबेशनमा जम्मा १३९ मत खसेको थियो जसमध्ये भन्डारिले ४९ मत प्राप्त गरेर बिजय भएका हुन ।

उनका प्रतिस्पर्धी तथा केदारस्यु गा.पा ४ का वडा अध्यक्ष समेत रहेका कर्सिङ धामिले ३८ प्राप्त गर्दा अर्का प्रतिस्पर्धि अहिन्द्र शाहिले ३० मत प्राप्त गरेका हुन भने २२ मत बदर भयको मतदान अधिकृतले जानकारी गराए।

सहमतिका लागि शनिबार राती सम्म प्रयास गर्दा अरु पदमा सहमती भयपनी सभापतिमा सहमती हुन नसक्दा निर्बाचन बाट शिवराज भन्डारी सभापतिमा निर्बाचित भएका हुन ।

त्यस्तै उपसभापतिमा पदमराज भट्ट, धनसेर धामी सचिबमा सन्तोष मल्ल , करन बोहरा सह- सचिबमा रमेश मल्ल , पुरन खाती चयन भएका छन् ।

सदस्यहरुमा मंगल भन्डारी,जमुना बिस्ट बोहरा, लक्ष्मी बम मल्ल ,पार्बती दमाई ,गजेन्द्र बिस्ट,सम्बत रावल,मदन खाती,गोरे दमाई ,लक्ष्मी कु.जेठारा खाती , निर्मला देबि भन्डारी,कम्मान मल्ल,राजेन्द्र ब.मल्ल, गोरख ब. बोहरा, गोपा कु. बोहरा गुर्धामी , आइते बोहरा, माता देबि धामी ,चन्द्रबिर धामी ,धनबिर गुर्धामी, दिपक ब. धामी, मकर ब. धामी, बसन्ती बोहरा धामी,जनक ब. धामि, मदनराज जोशी , हरिकृष्ण जोशी, जीवन मल्ल, निर्मला कु. थापा गिरि, इन्द्र बोहरा रहेका छन् ।

यस्तै, खस आर्य (पुरुष) बिरेन्द्र मल्ल, पदम बोहरा, धनसेर ब. भन्डारी, धन ब. धामी,मकर ब. धामी,पदम ओरसाद भट्ट ,जीवन भन्डारी ,त्यस्तै खस आर्य महिला जानकि कुमारी धामी , सपना कु. जागृ , गोपा कु. बोहरा गुर्धामी, दलितबाट मिठ्ठु बिक,रतना बिक, दिनेश बिक, महिलाबाट निरा कु. भन्डारी रावल, लक्ष्मी कु. जेठारा खाती ,निर्मला कु. डौडे, बिमला देबि गुर्धामी पनि सदस्यमा चयन भएका छन् ।

प्रदेश सभा क्षेत्रीय अधिबेशन प्रतिनिधि अपांग बाट बिरेन्द्र ब. भन्डारी र गोबर्धन रावल लाई चयन गरेको छ ।

साथै, नवनिर्वाचित सभापति भन्डारी कैलाली बहुमुखी क्याम्पसमा नेबि संघको विद्यार्थी राजनिती बाट राजनिती सुरु गरेकन थिए । गाउपालिकाको सचिबमा एक कार्यकाल काम गरिसकेका भन्डारीले आफू सङ्ग पार्टी र संगठन प्रती पुर्ण बिस्वास रहेको र राजनिती भित्र भयका गलत प्रवृत्ति र कुसंस्कार लाई चिर्दै सबैलाई मिलायर जाने बताए ।