उपचारका लागि बैंकक प्रस्थान गरे वर्षमान पुन

everest kitchen

काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् ।

उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् । पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​

जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरेको छ ।

​जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।