बकैया गाउँपालिकामा वाईसीएल र महिला संघ (क्रान्तिकारी)को संयुक्त भेला तथा प्रशिक्षण सम्पन्न

everest kitchen

अमिर लोप्चन,

मकवानपुर। मकवानपुर जिल्लाको पुर्वी बकैया गाउँ पालिका वडा नम्बर,८ मा आज योङ्ग कम्युमिष्ट लिग नेपाल (वाईसीएल ) र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेकपा माओवादी बकैया गाउँ पालिका वडा,८ का अध्यक्ष प्रेम बाहादुर गोलेको सभपतित्वमा बकैया गाउँपालिका-८ किर्ने बजार वडा कार्यलयको प्राङ्गणमा कार्यक्रम सम्मन्न भएको ह।

आगामी चुनावलाई मध्य नजर गर्दै संचालन गरिएको उक्त वडा स्तरिय भेला कार्याक्रममा प्रमुख अतिथिमा मकवानपुर जिल्ला अध्यक्ष एवं प्रदेश सभासद माननिय प्रेम बहादुर पुलामी (छिन्तु) को उपस्थित रहेको थियो।

त्यस्तै भेलामा गाउँपालिका लक्ष्मी पाखृन गोले, राम चन्द्र लामिछाने, बकैया -९ अध्यक्ष बिमल नेपाल, बकैया -४ ईन्चार्ज बिस्नु नेगि, बकैया-.८ ईन्चार्ज भक्त बहादुर खत्री अध्यक्ष, बकैया ईन्चार्ज लगायतको उपस्तिथि रहेको थियो।

साथै उक्त कार्यक्रम बाट वाईसीएल नेपालको कमिटी पनि गठन गरिएको थियो। सो अबसरमा केहिले माओबादी केन्द्र प्रवेश गरेका थिए। सम्पुर्ण नव प्रबेशी वाईसीएललाई प्रमुख अतिथी मकवानपुर जिल्ला अध्यक्ष एवं प्रदेश सभासद प्रेम बहादुर पुलामी (छिन्तु)ले स्वागत गरेका थिए।