रुकुम राजनीतिक परिवर्तनको प्रयोगशाला हो : जनार्दन शर्मा (भिडियोसहित)

everest kitchen

विपेन उलङगे
काठमाडौं । वर्तमान सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरले आफ्नो नकारात्मक कामको आलोचना गर्न आग्रह गरेका छन् । बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुकुम (पश्चिम)- काठमाडौं सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता शर्माले यस्तो आग्रह गरेका हुन ।

पछिल्लो युवा पुस्तानै आफुहरु भन्दा प्रबिधि मैत्री, धेरै कुरा जानेको बुझेको र क्षमतावान भएकोले नेतृत्वको निगरानी गर्ने, नेतृत्वको नकारात्मक कुराको आलोचना गर्नुपर्ने उनले बताए । साथै उनले आफु समग्र देशको उन्नति, प्रगतिको लागि काम गर्नेगरी अगाडि बढेकोले आफ्नो गृह जिल्लालाई मात्रै छुट्टै बजेट कार्यक्रम नपारेको तर पुरानै कार्यक्रमलाई निरन्तरता र सम्पन्नता बनाउन आफु लागेको बताए ।

त्यस्तै उनलेे रुकुमलाई देशको प्रयोगशाला रहेको बताएका छन् । रुकुम संबिधान निर्माण, संबिधान कार्यनयन, जनयुद्ध , समाज परिवर्तनको, बर्गसंघर्षको, शान्ति प्रक्रियाको प्रयोगशाला रहेको उनले बताए ।

सोही क्रममा रुकुम माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयोगशाला रहेको समेत बताए । उनले भने “यो प्रयोगशालाको वैज्ञानिक अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हामी यहाँ विभिन्न प्रयोग गर्दै काएका छौँ ।

रुकुम (पश्चिम)- काठमाडौं सम्पर्क समन्वय समितिको तिलक परियारको संयोजकमा १७ सदस्य कमिटी

photo by: dipendra khadka

कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) रुकुम (पश्चिम)- काठमाडौं सम्पर्क समन्वय समितिको जिल्ला भेलाले तिलक परियारको नेतृत्वमा १७ सदस्य सम्पर्क समन्वय समिति गठन गरिएको छ ।

भेलाबाट संयोजक तीलक परीयार, सह-संयोजक एकराज के सीलाई चयन गरिएको छ । त्यस्तै स्थानीयतह अन्तर्गतमा छुट्टाछुट्टै संयोजक पनि तोकिएको छ ।

जस्मा आठबिसकोट नगरपालिका अनील के सी , मुसीकोट नगरपालिका चन्द्र कठायत, चौरजहारी नगरपालिका धर्मराज बिष्ट, बाँफिकोट गाउँपालिका नवीन के सी, त्रिबेनी गाउँपालिका दिनेस रावल र सानोभेरी गाउँपालिका संयोजक सृजना वलीलाई चयन गरिएको छ ।

कार्यक्रममा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्मा, माओवादी नेताहरू डिलाराम आचार्य, सत्या पहाडी, बिमला केसी, रातो कामी, रुकुमका उक्त पार्टीका संस्थापक सदस्य ताराप्रसाद घर्ती, रुकुम (पश्चिम)मा घर भई काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्ने व्यक्ति तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियोे ।