नेकपा (एस)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

everest kitchen

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।

नेता नेपालको निजी सचिवालयका अनुसार उनलाई ज्वरो र खोकीको समस्या देखिएपछि आज त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

उनको स्वास्थ्य सामान्य रहेको र केही दिनको आरामसहित उपचार गर्नुपर्ने चिकित्सकको सल्लाह रहेको बताइएको छ । उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न छ ।

स्वास्थ्य संवेदनशीलताका कारण नेता नेपालसँगको भेटघाट बन्द गरिएको पनि सचिवालयले जानकारी दिएको छ ।