मलेसिया तथा नेपालमा पत्रकारिता गर्दै आएका बिचारी चाम्लिङको निधन

everest kitchen

काठमाडौं । लामो समय पत्रकारितामा रहेर काम गरेका नेपाल पत्रकार महासघका सदस्य तथा चलचित्रकर्मी बिचारी राई ( चाम्लिङ ) को आज उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला पीडित राई केही दिन अघिदेखि कोभिड-१९ संक्रमणले अस्पताल भर्ना भएका थिए ।

नेपाल पत्रकार महासङ मलेसियाका सस्थापक अध्यक्ष समेत रहेका राईले मलेसियामा रहेर लामो समय पत्रकारिता गरेका थिए । झापाको दमकमा बस्दै आएका राई केही बर्षदेखी नुवाकोटको ककनीमा श्रीमती कविता सगै बस्दै आएका थिए ।

नेपाल मलेसिया मैत्री संघका सभापति समेत रहेका राई मलेसियामा रहदा थुप्रै सामाजिक क्रियाकलापमा सक्रिय रहेर काम गरेका थिए । उनले नेपाली चलचित्र क्षेत्रमा पनि काम गर्दै आएका थिए । चलचित्र कलाकार संघको उनी आजीवन समस्य समेत रहेका थिए ।

१२ वर्षदेखि प्रत्यारोपण गरिएको मृगौलाको भरमा बाँचिरहेका चाम्लिङ निडर स्वभावका थिए । पत्रकारितामा सक्रिय उनले नेपाल, मलेसिया मात्रै नभई ब्रुनाई, म्यानमार, थाईल्याण्डसम्म पुगेर नेपाली श्रमिकका विषयमा लेख्दै आएका थिए ।