ओलीलाई गोदावरीसम्म सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ गर्ने

everest kitchen
photo file

काठमाडौं । आजदेखि सुरू हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गरेर महाधिवेशन स्थलसम्म पुर्‍याइने भएको छ । उनलाई सयौं मोटरसाइकल र गाडीहरुले स्कटिङ गर्न लागेका हुन ।

ओलीले आज मध्यान्ह १२ बजे ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। एमालेले प्रथम विधान महाधिवेशन गर्न लागेको हो।

एमाले सांसद महेश बस्नेतका अनुसार ओलीलाई सातदोबाटोदेखि गोदावरीसम्म सयौं गाडी र मोटरसाइकलले स्कर्टिङ गरिनेछ ।

यसअघि प्रधानमन्त्रीबाट हटेका ओलीलाई असार ३० गते सांसद बस्नेतको नेतृत्वमा बालुवाटारबाट बालकोटसम्म गाडी र मोटरसाइकलले स्कर्टिङ गरेका थिए।