एजेन्सी । मलेसियन अध्यागमन विभागले विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भिजिट पासको लागी नयाँ नीति प्रस्ताव गर्ने भएको छ । अध्यागमन विभागले सरकारलाई विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भिजिट पास (पीएलकेएस) जारी र नवीकरण को लागी नयाँ नीति प्रस्ताव गर्ने भएको हो ।
आध्यागमन महानिर्देशक दातुक खैरुल ज़ैमी दाउदका अनुसार धेरै विदेशी कामदारहरुको आवास र सुविधा ऐन ४४६ अनुसार न्यूनतम मापदण्डहरुको पालना नभएका कारण यो प्रस्तावको विषय उठेको हो ।
महानिर्देशक जैमी दाउदले स्थानीय सञ्चारमाध्यमसंग गरेको कुराकानी अनुसार “उक्त प्रस्ताव गृह मन्त्रालय (केडिएन), मानव संसाधन मंत्रालय (केएसएम) र जनशक्ति विभाग (जेकेटी) लाई दिशानिर्देश र मानक संचालन प्रक्रिया को तयारी अघि छलफल को लागी प्रस्ताव पेश गरिनेछ ।
“यो नयाँ नीति पास भएको खण्डमा रोजगारदाताहरुले जनशक्ति विभाग (जेकेटी)बाट एक प्रमाणपत्र प्राप्त गरेर अधिनियम ४४६ अनुसार श्रमिकहरु आवास र सुविधाहरुको न्यूनतम मापदण्ड को अनुपालन गर्नुपर्नेछ । जसले श्रमिकको भिषा तथा आवास सुविधाहरुमा केही सहज हुने अपेक्षा गरिएको छ ।
साथै, उक्त जनशक्ति विभागबाट प्रमाणपत्र प्राप्त गरेका रोजगारदाताहरुले नयाँ विदेशी कामदार ल्याउन र पुराना मौजूदा कामदारको नवीकरण गर्न पाउने बताएको छ । उक्त निति लागु भएको खण्डमा अब छिट्टै नै नेपाली श्रमिकहरुले मलेसिया प्रवेश पाउने अपेक्षा गरिएको छ । (बर्नामाबाट)