साफ च्याम्पियनसिपमा नेपालको बिजय सुरुवात, मनीषकोको गोलले माल्दिभ्सलाई नेपालले हरायो

everest kitchen

काठमाडौं। सिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे ।

यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-० ले हराएको थियो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।

नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले केही उत्कृष्ट बचाउ गर्दा माल्दिभ्स गोल गर्नबाट बन्चित बनेको थियो साविक विजेता तथा घरेलु टोलीविरुद्ध जितपछि नेपालले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध आठ खेल खेल्दा पहिलो जित हात पारेको हो । यसअघिका सात खेलमा नेपालले दुई खेल बराबरी गर्न सफल हुँदा पाँच खेलमा हार बेहोरेको थियो ।

सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफमा नेपाल सेमिफाइनलमा माल्दिभ्सँग ३-० ले पराजित भएको थियो । नेपालले त्यस हारको बदलासमेत लिएको छ ।