महोत्तरीका अशक्त परिवारलाई साईप्रसबाट प्रतिक महतोको खाद्यान्न सहयोग

everest kitchen

काठमाडौं । महोत्तरीका एक असक्त दम्पतीको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । शारीरिक तथा मानसिक रुपमा असक्त ती दम्पतीको परिवारलाई पत्रकार सुरेन्द्र महतोले पहलमा साइप्रसमा बस्दै आएका प्रतिक महतोले खाधान्न सामाग्री सहयोग गरेका हुन ।

उक्त परिवार बारे हिमाल टाईम्सबाट समाचार प्रकाशन भएपछि धनुषाको मिथिला नगरपालिका स्थित नक्टाझिझ घर भइ हाल साइप्रस बस्दै आएका महतोले ५ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री पिडित परिवारलाई सहयोग गरेका हुन ।

बर्दिबास नगरपालिका वडा नम्बर -९ पशुपतिनगर र सोही नगरपालिकाको वडा नम्बर -७ किसाननगरको सिमामा बर्षौ देखि ऐलानी जग्गामा रहेको एउटा झुपडीमा बस्दैको बहादुर महतोको परिवारलाई आर्थिक समस्या भएपछि अभियान थालिएको छ ।

अभियान्ता महतोका अनुसार बहादुर महतोको परिवार अहिले अतिनै समस्यामा रहेको छ । करिब ७६ बर्षका वृद्ध बहादुर महतोको घरमा उनी श्रीमती र मान्सिक सन्तुलन गुमाएका एउटा छोरा गरि ३ जनाकाे परिवार रहेको छ । करिब ६ बर्ष अघि उनको २ टै आँखाले हेर्न नसक्ने भएकोमा स्थानीय केही ब्यक्तिहरुको सहयोगमा एउटा आखाको अपरेसन गराई दिएपछि एक आँखाले सामान्य हेर्न सक्छन् ।

वृद्ध अवस्थाका कारण ज्यालादारी काम पनि गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै श्रोत नभएको कारण अबस्था दैनिय भएको हुनाले एक छाक खानलाई पनि धौधौ भएको अवस्था रहेको अभियान्ता महतोले बताए ।

उनीहरू बस्ने घर पनि काम चलाउ खालको छ, अभियान्ता महतोले भने, “हावापानी आयो भने र जाडो महिनामा अति नै समस्या हुन्छ । त्यसैले यस्तो पीडित असहाय करिब परिवारलाई सहयोग गरिदिन हुन अनुरोध छ, उनले भने ।

सहयोगको लागि सुरेन्द्र महतो हाल मलेसिया +६०१०२५२१४०७ ,सुरेन्द्र सिंह स्थानीय पत्रकार ९८४४४४५७१२, रमेश महतो स्थानीय युवा ९८१२१४८३०८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।