मलेसियाबाट चार जना नेपालीलाई सहयोग गरि नेपाल पठाइयो

everest kitchen

 

मलेसिया । मलेसियामा बिभिन्न कारणवश समस्यामा परेका नेपालीहरुलाई सहयोग गरि नेपाल पठाइएको छ । नेपाल राजदुतावास मलेसियाका सम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार तीन जना पुरुष र एक जना महिलालाई बिभिन्न संघ–संस्थासँगको सहकार्यबाट शनिबार ६:१५ बजे हिमालयन एयरलाइन्सबाट नेपाल पठाइएको हो ।

सहयोग गरि नेपाल फर्काइएकोमा सल्यानकी सम्झना बुढा, पिपल–७ म्याग्दीका रमेशबहादुर खत्री, लालबन्दी–४ सर्लाहीका मुकेश पाख्रिन र तौलिहवा–७ कपिलवस्तुका रामप्रसाद राइदास रहेका छन् ।

चार जनालाई नेपाल पठाउन सहयोग गर्ने संस्थाहरुमा पिएनसीसी मलेसिया, तानागानिता, एनआरएनए मलेसिया, म्याग्दी मुना समाज मलेसिया, जनउद्दार कल्याण केन्द्र मलेसिया रहेका छन् ।

एनआरएन मलेसियाको तर्फबाट रमेशबहादुर खत्री, रामप्रसाद राइदास, मुकेश पाख्रिनलाई टीकट, अध्यागमन खर्च र कोरोना (पीसिआर) जाँच लगायतको सहयोग गरेको थियो।

त्यस्तै,जनउद्दार केन्द्र मलेसियाले सम्झना बुढालाई सहयोग गरेको थियो । त्यसैगरि म्याग्दी मुना समाज मलेसियाले रमेश बहादुर खत्रीलाई अध्यागमन खर्च र कोरोना (पीसिआर) परिक्षण शुल्क सहयोग गरेको थियो ।


रमेश बहादुर खत्री कोरोना खोप लगाएर राति सुत्नेबेला रक्सि सेवन गरेर सुतेको तर, भोलीपल्ट बिहान अचानक आखामा समस्या आई उपचारत थिए । उनको अस्पतालको सम्पूर्ण खर्च नेपाल दुतावासले ब्यहोरिदिने भएको छ ।

साथै उनी नेपाल गएपछि क्वारेन्टाइन खर्च पनि नेपाल दुतावासले सहयोग गरिदिने भएको हो । साथीहरुसँगको झगडाका कारण साथीहरु मिलेर एक तला माथीबाट खसालेर खुट्टा भाचिएर घाइते भएका राइदासलाई मलेसियाको स्थानीय संस्था तानागानीताको पहलमा हस्पिटलबाट डिस्चार्ज गरि सेल्टरहाउसको ब्यबस्था गरिदिएको थियो साथै राइदासलाई नेपाल पठाउने प्रक्रियाको सहयोगको लागि पिएनसीसी मलेसियालाई जिम्मा लगाएको थियो । नेपाल जानकोलागी कागजात, अध्यागमन खर्च र कोरोना जाच खर्च नेपाली दुतावासले ब्यहोरी दिएको थियो ।

सम्पूर्ण पीडितहरुलाई नेपाल फर्कन बिमानस्थलसम्म सहयोग गर्न नेपाल राजदुतावासका प्रतिनिधिहरु टेकबहादुर बुढा, श्यामसुन्दर श्रेष्ठ, सन्दीप पाण्डे, डोरबहादुर थापा लगायत एनआरएनए मलेसिया, म्याग्दी मुना समाजका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । (तस्बीर श्रोत : टेकबहादुर बुढा)