मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि अख्तियार बिरुद्ध प्रदर्शन

everest kitchen

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ।

प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गरेका हुन्।

बुधबार मुख्यमन्त्री कर्यालयमा अख्तियारको टोलीले छापा मारी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत खरिद गरिएका साइकल सम्बन्धी कागजातहरू नियन्त्रणमा लिएको थियो। साइकल खरिद गरी व्यापक अनियमितता भएको भनि अख्तियार उजुरी परेपछि छापा मारेको अख्तियारले जनाएको छ।

प्रदेश २ का आठ वटै जिल्लाका सदरमुकाम जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौर, जलेश्वर र मलंगवामा शनिबार मसाल जुलुस प्रदर्शन गरिएको हो। प्रदर्शनमा क्रममा प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्वाग्रही भएर छापा मार्न पाइँदैन जस्ता नाराहरू लगाइएका थिए।