मलेसियाको साबाह र पेराक राज्यमा ईएमसीओ जारी

everest kitchen
फोटो फाईल

मलेसिया । मलेसियाको साबाह र पेराक राज्यमा उन्नत आवागमन नियन्त्रण आदेश (ईएमसिओ) अन्तर्गत रहने भएका छन् । अझैपनि उक्त ईलाकामा कोभिड-१९ प्रकोप निरन्तर रहेकोले ईएमसिओ जारी गरिएको हो ।

विशेषगरी पेराक राज्यको तानजुङ्ग राबुतान र साबाह राज्यको कामपुङ मोकोडोउलाई निगरानी राख्ने गरी ईएमसिओ जारी गरिएको मलेसियाको “राष्ट्रिय सुरक्षा परिषद”का महानिर्देशक दातुक रोडजी मोहम्मद सादले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनका अनुसार पेराकमा आगामी अक्टोबर १६ सम्म ईएमसिओ लागु हुनेछ भने साबाहमा पनि आगामी अक्टोबर १७ सम्म ईएमसिओ लागु गरिने भएको हो । ती स्थान र राज्यहरुमा सोमबारदेखि ईएमसिओ लागु गरिनेछ ।

साथै मलेसियाको पास्डेक बन्दार दमनसरामा आजदेखि ईएमसिओ अन्त्य भएको छ । त्यस्तै, पाहाङ राज्यको कामपुङ्ग सुङ्गाई काबुक र कामपुङ्ग सुङ्गाई चोहोङ, क्यामरुन हाईल्याण्ड लगायतका स्थानमा भने ईएमसिओ हटाईएको छ ।

मलेसियाले कोभिड-१९ प्रकोपबाट विस्तारै सामान्य जनजीवनमा आउने प्रयास गरेको छ । जसअनुसार विभिन्न कार्यक्रमहरु लागु गर्दै आएको छ । मलेसियामा बसोबास गर्ने सम्पूर्णलाई पुर्ण नि:शुल्क खोपको रणनीति लिएको मलेसियाले पछिल्लो समय खोप लगाएका मानिसहरुलाई रेष्टुरेन्टमा खाना खान दिने, सपिङ गर्न दिने, हिडडुल गर्न दिने लगायतका निति लिएको छ ।