मुम्बईको क्रुजमा ड्र”ग्स पार्टी, चर्चित शारुख खानका छोरासहित १० पक्राउ

everest kitchen

काठमाडौँ । मुम्बई नजिकैको समुद्रमा एउटा क्रुज जहाजमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेर एक चर्चित अभिनेता शारुख खानका छोरासहित १० जनालाई हिरासतमा लिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ड्र”ग्स पार्टी भइरहेको सूचनाको आधारमा कर्डेलिया द इम्प्रेस नामक जहाजमा एनसीबीको टोलीले छापा मारेको बताइएको छ ।

एनसीबसीका अधिकारीहरू यात्रु भनेर क्रुजमा सवार भएका थिए । शनिबार रेभ पार्टी चल्दै गर्दा उनीहरूले छापा मारेका थिए । भारतीय मिडियाका अनुसार क्रुजबाट ठुलो मात्रामा लागू औषध बरामद गरिएको छ ।

यसको मूल्य करोडौँ रहेको बताइएको छ । यसमा एमडी कोक र हशीश रहेको समाचारमा उल्लेख छ । पक्राउ गरिएका सबैलाई आइतबार मुम्बई ल्याइएको छ ।

क्रुजमा आयोजना गरिएको ड्र”ग्स पार्टीको प्रवेश शुल्क ६० हजारदेखि ६ लाख भारतीय रुपैयाँ रहेको थियो । एनसीबीले छापा मार्दा क्रुजमा ६ सयभन्दा बढी हाइप्रोफाइल व्यक्तिहरू थिए ।

उक्त क्रुजको क्षमता १८ सय रहेको थियो । सबै हाइप्रोफाइल व्यक्तिहरूलाई सामाजिक सञ्जालका माध्यमबाट आमन्त्रण गरिएको थियो ।

शुक्रबार मात्र एनसीबीले अस्ट्रेलिया र न्यूजिल्याण्ड लागू औषध पठाउने ठुलो समूहको पर्दाफास गरेको थियो । त्यहाँ करिब ५ करोड भारु बराबरको लागू औषधसमेत बरामद गरेको थियो ।