वि”षाक्त मदिराको कारण मलेसियामा सेप्टेम्बरमामात्रै ३ नेपालीसहित ३३ को निधन

everest kitchen

एजेन्सी । मलेसियाको विभिन्न सात राज्यहरुमा वि”षाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको छ । विभिन्न समयमा विभिन्न देशका ३३ जनाको मेथानोल नामक वि”षाक्त मिसावट पदार्थ मिसावट मदिराको कारण कूल ३३ जनाको ज्यान गएको मलेसियन स्वास्थ्य मन्त्रालयले एक बक्तव्य जारी गरी जनाएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालय अन्तर्गतको रोग नियन्त्रण डिभिजनले गएको १ सेप्टेम्बर देखि अन्तिमसम्मको समयावधिमा मात्रै मेथानोल वि”षाक्तताको कारण ५५ जनामा समस्या देखिएको सूचना प्राप्त भएको मन्त्रालयका स्वास्थ्य महानिदेशक डाक्टर तान श्री नूर हिशम अब्दुल्लाहले जानकारी दिए ।

त्यस्तै बक्तव्यमा भनिएको छ “उक्त वि”षाक्त मेथानोलको कारण सेलांगर राज्यमा २५ जना, पेराक राज्यमा १३ जना, पहांग राज्यमा ५ जना, पेनांग राज्यमा ६ जना, क्वालालम्पुर क्षेत्रमा ४ जना र जोहोरबारु र नेगेरी सेम्बिलान राज्यमा एकएक जनामा उक्त वि”षाक्त मदिराले असर गरेको छ ।

साथै, उक्त वि”षाक्त मदिराका कारण स्वास्थ्य समस्यामा परेका ५५ जना मध्ये २६ जना मलेसिया नागरिकहरु थिए भने बाँकी २९ विदेशी नागरिक रहेको बताएको छ । जसमा कूल ३३ जनाको मृत्यु भएको बताएको छ ।

निधन हुने ३३ जनामध्ये १८ मलेसिया नागरिकहरु र १५ विदेशीहरु नागरिकहरु रहेका छन् । ज्यान गुमाउने १५ विदेशीहरुमा म्यानमारका ७ नागरिक, भारतीय ५ नागरिक र नेपाली नागरिक ३ जना रहेको जारी प्रेस बक्तव्यमा उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य महानिर्देशक अब्दुल्लाह अनुसार हाल बिरामीमध्ये सात जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अझै १५ जना बिरामी उपचाररत अस्पतालमा रहेका छन् । जसमा १२ सघन उपचार कक्ष (आईसीयू) र ३ जनामात्रै सामान्य उपचार कक्षामा उपचार गरीरहेका छन्।

कुनै पनि उजुरी वा मादक पेय पदार्थ को गैरकानूनी वा अवैध वितरण भएको पाएमा “रोयल मलेसिया भन्सार विभाग तस्करी उजुरी लाइन १८००-८८-८८५५ वा रोयल मलेशियन पुलिस +६०३२२६६३३३३ मा जानकारी गराउन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

मेथानोल के हो ?, यसको खतरा कति ?

मदिरामा इथानोल र मेथानोल पदार्थ पाईन्छ । इथानोल भन्दा मेथनोल पदार्थ शरिरका लागि अत्याधिक हानिकारक हुन्छ । यद्यपि दुवै रक्सी (इथानोल र मेथानोल) को गन्ध, स्वाद लगभग उस्तै-उस्तै हुन्छ। गन्ध र स्वादवाट दुवै रक्सीमा फरक छुट्याउन सकिंदैन।

मेथानोल को मूल्य इथानोलको भन्दा अपेक्षाकृत सस्तो छ ।त्यसैले धेरै कालोबजारीहरुले मदिराजन्य पदार्थ तथा सेनिटाईजर जस्ता उत्पादनमा समेत मिसावट गर्दै आएका छन् । जो मानव स्वास्थ्यमा ठुलो क्षति पुर्याउने गर्दछ ।

“मेथानोल वि”षाक्तता मिसावट मदिरा सेवन गरेको खण्डमा मानिसलाई पेट दुख्ने,  सेबन पछि टाउको दुख्ने, पेट दुख्ने, छाती दुख्ने, अत्यधिक पसिना आउने, वान्ता हुने वा वान्ता होला जस्तो हुने, चक्कर आउने, छिटो छिटो सांस चल्ने जस्ता समस्याहरु हुन्छ।

साथै यसको सेबनले शरीरको भित्रि अंगहरु (जस्तै: मस्तिस्क, मृगौला आदि) क्षतिग्रस्त हुनजान्छ भने मानिसको मृत्यु सम्म पनि हुन्छ ।

त्यस्तै, यसको सेबनले मान्छे अन्धो हुनु, मृगौला फेल हुनुको साथै यसले नसा सम्बन्धि अनेकौ समस्याहरु निम्त्याउछ र यसको अत्यधिक सेबन भयो भने मान्छेको मृत्यु हुन जान्छ। जसले गर्दा परिवारको साथै पुरै समाज प्रभावित हुन्छ।