ढलमा खसेर ज्यान गुमाएका बालकका परिवारलाई तत्काललाई एक लाख किरिया खर्च

everest kitchen

काठमाडौं । कपनको ढलमा खसेर मृत्यु भएका १० वर्षीय उज्ज्वल विश्वकर्माको परिवारलाई राहतस्वरूप ४ लाख दिने सहमति भएकाे छ । बूढानीलकण्ठ नगरपालिकाले किरियाखर्च भनेर १ लाख दिएको ह ।

मृतककाे परिवारलाई काठमाडाैं महानगरपालिका -६ र बूढानीलकण्ठ नगरपालिका- १० को दुई वडाले दुई/दुई लाख राहत दिने सहमति भएको छ । यद्यपि सहमति भएपनि प्रकिया पूरा गर्न केही समय लाग्ने भएको छ ।

काठमाडौं महानरपालिका र बूढानिलकण्ठ नगरपालिकाको सिमानामा रहेको तरकारी बजारनजिकै ढलमा खसेर गत असोज ४ गते उज्ज्वल बेपत्ता भएका थिए । उनको शव ५ दिन पछि ललितपुर र मकवानपुरको सीमावर्ति क्षेत्र वागमती नदीमा भेटिएको थियो ।