लोक पौडेलको ‘बेरुवाको औंठी’मा आँचल शर्मा ( भिडियो )

everest kitchen

काठमाडौं– ‘बेरुवाको औंठी’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई बिषयबस्तु बनाएर तयार पारिएको गीतमा शब्द, संगीत दिपक शर्माको रहेको छ।

गीतमा स्वर लोक पौडेल र गायिका मेलिना राईको रहेको छ। नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्। गायन संगै अभिनय मार्फत दर्शक सोर्ताको मन जित्त्दै आएका गायक प्रकाश सपुत र चर्चित नायिका आँचल शर्माको वेजोड अभिनय भिडियोमा देख्न सकिन्छ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ। बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।