मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?

everest kitchen

विपेन उलङगे
एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी “टप ग्लोब”मा एक नेपाली श्रमिकको मृत्यु भएको पुष्टि भएको छ ।

उनलाई सेप्टेम्बर १८मा ती मजदुरलाई शाह आलम अस्पतालमा भर्ना गरिएको थियोे भने उनको १० दिनपछि सेप्टेम्बर २८मा निधन भएको आप्रवासी कामदार र श्रम अधिकार कार्यकर्ता एन्डी हलले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उक्त कम्पनीमा करिब ५ हजारबढी नेपाली श्रमिक कार्यरत रहेका छन ।

त्यस्तै मलेसियाको विभिन्न सात राज्यहरुमा विषाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको उल्लेख गरिएको छ । जसमा ३ जना नेपाली समेत रहेको मलेसियन स्वास्थ्य मन्त्रालयले एक बक्तव्य जारी गरी जनाएको थियो ।

साथै, विभिन्न समयमा नेपालको तराई क्षेत्रमा विषाक्त घरेलुु मदिराको कारण ज्यान गुमाउनेहरुको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।घरेलु मदिरामा विभिन्न अखाद्य रसायनहरु मिसावट गरेर उत्पादन गरिएको घरेलुु मदिरा तथा बजारमा पाईने नक्कली मदिरा सेवनको कारण नेपालमा ज्यान गुमाउनेहरु पनि बढेका छन् ।

अल्कोहल केह?

अल्कोहल धेरै प्रकारका हुन्छन् । अन्न तथा फलफुलमा मर्चा अथवा मर्चाकै काम गर्ने यीस्ट नामक फङ्गस समुहको जीवाणु हालेर कुहाएर जाँड बनाई त्यसैबाट बनाइने हामीले पिउने रक्सीचाहिँ खासमा एथनल हो ।

ब्याक्टेरियल जीवाणु भन्नेबित्तिकै हानिकारकमात्र हुँदैनन, थुप्रै प्रकारका लाभदायक पनि हुन्छन् । दही जमाउने, सेल फुलाउने पनि यस्तै प्रकारका जीवाणु नै हुन् । हाम्रो ठुलो आन्द्रामा पनि करिब ४०० प्रकारका लाभदायक ब्याक्टेरिया हुन्छन् । अन्न तथा फलफुलमा चिनीतत्व पाहिन्छ, त्यही तत्व नै रासायनिक प्रतिक्रियाद्वारा रक्सी बन्दछ ।

रक्सी कति कडा भन्ने कुरा त्यसमा मिसिएको पानीको मात्रामा भर पर्छ । जाँड नउमालिकन बनाइने छ्यांङ, बियर, वाइन आदिमा बढीमा १५% सम्म अल्कोहलको मात्रा हुन सक्छ, बाँकी पानी हुन्छ । यद्यपि नयाँ प्रविधि अनुसार रक्सीलाई अत्याधिक मात्रामा बनाउदै आईएको छ ।

मदिरामा पाइने मेथानोल र इथानोल के हो ?

मदिरामा इथानोल र मेथानोल पदार्थ पाईन्छ । इथानोल भन्दा मेथनोल पदार्थ शरिरका लागि अत्याधिक हानिकारक हुन्छ । यद्यपि दुवै रक्सी (इथानोल र मेथानोल) को गन्ध, स्वाद लगभग उस्तै-उस्तै हुन्छ। गन्ध र स्वादवाट दुवै रक्सीमा फरक छुट्याउन सकिंदैन।

मेथानोल को मूल्य इथानोलको भन्दा अपेक्षाकृत सस्तो छ ।त्यसैले धेरै कालोबजारीहरुले मदिराजन्य पदार्थ तथा सेनिटाईजर जस्ता उत्पादनमा समेत मिसावट गर्दै आएका छन् । जो मानव स्वास्थ्यमा ठुलो क्षति पुर्याउने गर्दछ ।

“मेथानोल विषाक्तता मिसावट मदिरा सेवन गरेको खण्डमा मानिसलाई पेट दुख्ने, विषाक्त रक्सीको सेबन पछि टाउको दुख्ने, पेट दुख्ने, छाती दुख्ने, अत्यधिक पसिना आउने, वान्ता हुने वा वान्ता होला जस्तो हुने, चक्कर आउने, छिटो छिटो सांस चल्ने जस्ता समस्याहरु हुन्छ।

साथै यसको सेबनले शरीरको भित्रि अंगहरु (जस्तै: मस्तिस्क, मृगौला आदि) क्षतिग्रस्त हुनजान्छ भने मानिसको मृत्यु सम्म पनि हुन्छ ।

त्यस्तै, यसको सेबनले मान्छे अन्धो हुनु, मृगौला फेल हुनुको साथै यसले नसा सम्बन्धि अनेकौ समस्याहरु निम्त्याउछ र यसको अत्यधिक सेबन भयो भने मान्छेको मृत्यु हुन जान्छ। जसले गर्दा परिवारको साथै पुरै समाज प्रभावित हुन्छ।

यसबाट कसरी बच्ने ?.

मानव शरीरमा रक्सीको मात्रा आवश्यक परेपनि मदिरा नै सेवन गरेर शरीरलाई चाहिने अल्कोहल परिपूर्ति गरिरहन पर्दैन । अनुसन्धान तथा विज्ञान अनुसार हाम्रो मानव शरीरलाई चाहिने अल्कोहल हामीले खाने खाना तथा विभिन्न फलफूलबाट पनि प्राप्त हुन्छ ।

हाम्रो मानव जीवनमा मदिरा सेवन अनिवार्य हैन । त्यसैले मदिरा देखि टाढै रहदा पैसा र समयको बचत त हुन्छ नै त्योभन्दाबढी हाम्रो स्वास्थ्यमा मदिराको कारण पर्ने प्रतिकूल असर पनि रोकिन्छ । मदिरा सेवन नगर्दा हामीले आफूलाई संधै नियन्त्रणमा राख्न सकिन्छ । जस्ले गर्दा गलत क्रियाकलाप, झैझगडा लगायतबाट आफूलाई जोगाउन सकिन्छ ।

मदिरा सेवन नगर्दा राम्रो नै हुने भयो । तर मदिरा सेवन गर्नैपर्ने छ भने पनि ध्यान दिएर सेवन गर्दा केही हदसम्म आफूलाई सुरक्षित राख्न सकिन्छ ।

मदिरा सेवन गर्दा जुन सुकै ठाउँमा बसेर गर्न हुन्न । त्यसको लागि तपाईंले राम्रो स्थानको छनोट गर्न सक्नु हुन्छ । तपाईंले राम्रो कम्पनी र शुद्ध मदिरा पाउने स्थानको ख्याल गर्न सक्नुपर्छ ।

त्यस्तै मदिरा किनमेल गर्दा पनि त्यसको वास्तविकता बुझेर किन्नुपर्छ । कुन कम्पनीको हो ? रक्सीको मात्रा , मिसावट, बोतलमा राखिएको लेबल हेरर किन्नुपर्छ । जसको लागि स्थानीय मान्यता प्राप्त मदिरा पसल तथा मार्ट छनोट गर्न सकिन्छ ।

बजारमा विभिन्न ब्रान्डका मदिरा जस्तै अन्य नक्कली मदिरा पनि पाउने भएकोले त्यसबाट बच्न जरुरी हुन्छ । मदिराको बोतलमा उपलब्ध लेबलको वास्तविकता बुझ्न पर्छ । सरकारको सम्बन्धित निकायबाट मान्यता प्राप्त स्टिकर, उत्पादन गुणस्तर नम्बर तथा चिन्हको पनि ख्याल गर्नुपर्छ ।

यद्यपि मदिरा सेवपछि विभिन्न स्वास्थ्य समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा तथा डाक्टरसंग भेट्नु बुद्धिमानी हुन्छ । साथै मदिरा सेवन गर्दा खाना तथा पनिको मात्रा पनि ख्याल गर्नुपर्छ । शरीरमा आवश्यक पानिको मात्रको कमी हुन दिनुहुँदैन । (विभिन्न समाचार संस्था र स्वास्थ्य सामाग्रीको सहयोगमा)