‘आइन पियारी’ बोलको दशैँ तिहार गीत सार्वजनिक ( भिडियो )

everest kitchen

काठमाडौं । कोभिडका कारण प्रदेशमा काम गर्दै आएका युवाहरुले चाड पर्व मनाउनको लागि फर्कन नपाउँदाको पीडा समेटेर तयार पारिएको गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन गीतमा सुन्न सकिन्छ। गीतमा पृथलाल बिकको शब्द संगीत रहेको छ। कृष्ण पाण्डेले छायांकन गरेको भिडियोलाई जीवन सेन्चुरीले सम्पादन गरेका हुन्।

म्युजिक भिडियोमा दिलिप रेग्मी, शिल्पा कार्की र सुशील महतको अभिनय रहेको छ। दिलिप रेग्मीले निर्देशन गरेको भिडियोलाई ‘पृथलाल बिक’को आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।