नेकपा एमाले राक्सिराङ -३ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा थापा बहादुर दोङ

everest kitchen

सविन कुमार,मकवानपुर । राक्सिराङ गाउँ पालिका वडा नम्बर -३ को नेकपा एमाले वडा अधिवेशन तथा दशै शुभकामना आदानप्रदान, चियापान कार्यक्रम सप्पन्न सम्पन्न भएको छ।

उक्त कार्यक्रम बाट वडा कमिटी अध्यक्षमा थापाबहादुर दोङ चयन भएका छन् । उपाध्यक्ष कविता बल,सचीव हरि कुमार थापा,सह-सचीव रबिन्द्र ठकुरी लगायत २९ जना सदस्य कमिटी चयन भएको छ ।

साथै, एमाले भात्री संगठन युवा संघ नेपालको वडा कमिटी अध्यक्ष नेमा राज रुम्बा,उपाध्यक्ष लाल कुमार स्याङ्तान,सचीव जीवन थिङ,सह-सचिव निरण सिंतान लगायत ५६ सदस्य कमिटी चयन भएको छ । त्यसैगरि एमाले भातृ संगठन अनेमा संघ वडा कमिटी अध्यक्ष सुजना कुमारी ब्लोन,उपाध्यक्ष गंगा बि.क. सचीव संचिता तामाङ,सह सचिव मञ्जिला थोकर लगायत ५२ सदस्य समिति चयन भएको छ।

कार्यक्रम नेकपा एमाले केन्द्रिय सदस्य रामेश्वर राणा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बिशिस्ट अतिहरुमा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँ पालिका अध्यक्ष एक राज उप्रेती र प्रदेश कमिटी सदस्य महेश बर्तौला, सुन्तली माया चेपाङ रहेको थियो ।

त्यस्तै, अतिथिहरुमा मकवानपुर जिल्ला कमिटी सह-सचीव लाल थापा,एमाले भात्री संगठन अनेमा जिल्ला कमिटी अध्यक्ष सुमित्र काफ्ले, जिल्ला कमिटी सदस्यहरु राक्सिराङ-३ का वडा अध्यक्ष बाबू लाल स्याङ्तान,वडा नं.६ का वडा अध्यक्ष सिंग लाल प्रजा,वडा नं.४ का वडा अध्यक्ष सञ्जय कोइराला रहेका थिए ।

यस्तै, कमल मोक्तान,बखत बहादुर चेपाङ,मान बहादुर वाईबा, राक्सिराङ गाउँ कमिटी अध्यक्ष रोहन लामा,सह-सचीव सञ्छ बहादुर चेपाङ,राष्ट्रिय युवा संघ जिल्ला सचिवालय सदस्यहरु सुदिप लमा,डि.बि. लोप्चन, युवा संघ जिल्ला कमिटी सदस्यहरु जेम्स लामा,शैलेन्द्र प्रजा,पुर्ण बहादुर चेपाङ, लगायत जिल्ला नेताहरुको पनि आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन युवा संघ राक्सिराङ संयोजक उत्तम वाईबाले गरेका थिए।

कार्यक्रमको सो अवसरमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका ३ दर्जन भन्दा बढीलाई खादा तथा अविर लगाएर पार्टी प्रवेश गराउदै एमाले जिल्ला ईन्चार्ज राणाले स्वागत गरेका थिए । सो अवसरमा उनले नेकपा एमाले फुटेको भएपनि फुटको असर नपरेको र एमालेले आउने चुनाबबाट बहुमत ल्याएर सरकार चलाउदै एमालेको सरकारले नै देशलाई समृद्ध बनाउने दावी गरे ।

sponsor
sponsor
Sponsor