एकीकृत समाजवादीबाट किसान श्रेष्ठदेखि रामकुमारीसम्म मन्त्री बन्ने, यी व्यक्तिले यी मन्त्रालय हाक्ने

everest kitchen

काठमाडौं । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाएको छ ।

शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको बताएको छ । मन्त्रीहरुको लिस्टमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठको नाम रहेको छ ।

स्रोतका अनुसार, एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।

२९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । लामो समयपछि उनको मन्त्री परिषदले पुर्णता पाउने भएको हो ।