भजन गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’ सार्वजनिक ( भिडियो )

everest kitchen

काठमाडौं – दक्षिण भुटानमा जन्मिएर नेपालमा १८ वर्ष शरणार्थी जीवन बिताएर हाल अमेरिकाको पेन्सलभेनियामा बसोवास गरिरहेका भुटानी नेपाली गायक भक्त घलेले आफ्नो स्वर, शब्द र संगीतमा समावेश ‘काफल टिप्न जाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

अर्गानिक ठेट शब्दहरु समेटिएको यस गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहाल छायांकन गरेका हुन्। शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो। गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो।