अबैधानिक रुपमा कतारमा रहेका विदेशीलाई आममाफी

everest kitchen

दोहा । नेपालीहरुको प्रमुख श्रम गन्तब्यमध्येमा रहेको कतारले भिषाबिहिन (अबैधानिक) रुपमा रहेका विदेशी श्रमिकहरुलाई आममाफी दिने घोषणा गरेको छ । कतारले यो प्रक्रिया भोली आइतबार अर्थात् अक्टोबर १० मा सुरु गर्ने भएको हो ।

उक्त प्रक्रिया डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ । यस्तै,कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका तथा पारिवारिक भिसाको नियम पालना नगरेकासहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई सजाय र जरिवाना बिनै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आममाफी प्रकृयामा सहभागी हुन चाहनेहरुले कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, उम सुनैम, मेसाइमिर, अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ बजेदेखि बेलुका ६ बजे भित्र आफ्नो नाम दर्ता गराउन सकिने जनाएको छ ।

कतारले आममाफी दिने निणर्य गरेसंगै गैरकानुनी रुपमा कतारमा रहेका थुप्रै नेपालीहरु पनि लाभान्वित हुने भएका छन् । कतारम गैरकानुनी रुपमा रहेका नेपालीहरुको तथ्यांक एकिन नभएपनि बैधानिक रुपमा ३ लाख १२ हजारबढी नेपाली श्रमिक कतारमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।