सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुन्छ-टोप अस्लामी

everest kitchen

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट बहुजातीय सांस्कतिक मोर्चा प्रदेश परिचालन समिति लुथमको आयोजनामा शनिबार बुटवलको देबिनगर स्थित भुपु सैनिक क्लब हलमा बहुजातीय सांस्कतिक साँझ सम्पन्न भएको छ ।

आउँदै गरेको बिजया दशमी, बलिहाङ्ग तिहार, छठ लगायत पर्वको अवसरमा आयोजित बहुजातीय सांस्कतिक साँझमा मोर्चाका कलाकारहरुले बिभिन्न जात-जाती तथा समुदायसँग सम्बन्धित गित तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै गिति नाटक समेत प्रस्तुत गरेका थिए ।

बहुजातीय सांस्कृतिक मोर्चा, लुम्बिनी प्रदेश लुथमका अध्यक्ष मेहर सिंह थापाको अध्यक्षता तथ राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यवंशिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीका महासचिव टोप अस्लामिले सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुने बताउदै छैठो महाधिवेशन पछि पार्टीले मोर्चालाई लिएर गाउँ-गाउँ जन-जनमा सांस्कृतिक करणतिको अभियान लिएर जाने बताए ।

बहुजातिय सांस्कृतिक मोर्चाका संयोजक तथा केन्द्रिय सचिव ज्ञान् बहादुर सलामी लगायतले मन्तव्य बाट शुरु भएको सो कार्यक्रममा सांस्कृतिक मोर्चाका कलाकार मनोरन्जनमुलक लगायत देशभक्तिका सांगितिक प्रस्तुती पस्केका थिए भने पार्टीका महिला नेतृ राधिका श्रीस र युवा नेता लबसन गुरुङको संचालनमा सम्पन्न भएको थियो ।

कोभिड महामारीले मानबिय जीवनलाई नै ध्वस्त बनाएको परिस्थितीलाई मध्यानजर गर्दै पुन जनजिविका सामान्यरुपमा ल्याउन र सांस्कृतिक साझले नेता कार्यकर्तालाई एक आपसमा भेट्ने अबसर पनि प्रदान गरेको थियो ।

सांस्कृतिक मोर्चाका सचीव तुल बहादुर सलामीको संयोजनमा कलाकारले मौलिक संस्कृति झल्कने गीत नृत्य तथा चेतनामूलक नाट्य प्रस्तुति दिएका थिए ।