एनआरएनएको चुनाव स्थगित

everest kitchen

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। आगामी अक्टोबर २३-२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो।

आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। क्षेत्रीका अनुसार महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएका हुन्।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित गरेको हो। साथै अन्तर्राष्ट्रिय समन्वय परिषदको थप कार्यकाल थप्ने गृहकार्य पनि भएको बताएको छ ।

संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा. बद्री केसी, रविना केसी र पूर्वउपाध्यक्ष कुल आचार्य डौढधुपमा थिए।