सबै चरणमा बाराबरी भएपछि गोलापर्थाबाट फुटबल प्रतियोगिताको उपाधी सिलिङ्गे टोललाई

everest kitchen

मकवानपुर । राक्सिरङ गाउँ पालिका वडा – ६ मा भएको टोल बिकास स्तरीय फूटबल प्रतियोगिताको उपाधि सिलिङ्गे टिल बिकाश संस्थाले जितेको छ। असोज २० गते वडाध्यक्ष सिंग लाल प्रजा बाट उद्घाटन भएको खेलमा ७ टोल बिकाशको ७ टिम सहभागी भएको थियो।

खेलको विभिन्न चरण पार गर्दै स्यालुङ्खाई करासे दुङ्थली टोल बिकास संस्था र सिलिङ्गे टोल बिकास संस्था फाईनलमा पुगेको थियो । फाईनल आइतबार साँझ लामेबगर फूटबल मैदानमा भएको थियो।

खेलको अतिरिक्त समय १-१ को बराबरीमा रोकिए पछि समय थप गरि खेल सुचारु भएको थियो । अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुट आउटबाट विजेता चुनिएका हो ।

पेनाल्टी सुटाआउटमा पनि बराबर भए पछि दुबै टिमको सहमतिमा गोला प्रथा भएको थियो । गोला प्रथा बाट सिलिङ्गे टोल बिकास बिजय भएको आयोजक कमिटीका संयोजक सिलिङ्गे टोल बिकास समितिका कप्तान राजन मोक्तान ले बताए।