रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

everest kitchen
Photo file

बुटवल । प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ । अद्योगिक क्षेत्रको जग्गा कप्जा गर्ने मानिसहरुको समुह र प्रहरीबीच झडप भएको थियोे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।

आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो । सोही झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए । स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो ।

औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट सुकुम्बासीकबध नाउमा जग्गा कप्जा गर्नेलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रशासनले जनाएको छ ।