लघुकथा – दशैंको पिडा
असिराम डंगौरा
थुक्क !! कस्तो भाग्य मागेर आईएछ? यसपालीको दशैं पनि प्रदेशमै बिट्ने भो। निधारमा दशैंको नलगाएको दश बर्ष भइसक्यो। यस्तै यस्तै कुराहरू मनमा खेलाउदै अरूण निराश कोठामा बसि रहेको थियो।
बाहिरा हल्ला र समान खसेको अवाज आयो अरूण ढोकाबाट टाउको निकालेर पुलुक्क हेर्छ। ए राम दाई पो हुनुहुन्छ।ऊ सोध्यो कता हो राम दाई? राम दाई जवाफ फर्काउछन नेपाल जाँदैछौ भाई दशैं मनाउन तिमी नजाने?
जान त हुन्थ्यो दाई तर के गरू हिजो तलब आयो हिसाब गरे तिरतार गरेर हात खाली हुनेभो। के गरू दाई यो दशैं तिहार पनि प्रदेशमै बिट्ने भो।
राम अरूणको अलि नजिक आई सम्झाउदै भने हिड भाई संगै म अब यता नआउने भनि जाँदैछु। जे गरौँला उतै गरौँला म संग पनि पैसा कहाँ छ र? घरमै कृषि व्यवसाय गर्नै सोचमा जाँदैछु। यदि तिमी जान चाहन्छौ भने हिड बरू नेपालमा ॠणै निकालेर भएनि काम शुरू गरौं मलाई पनि एउटा विश्वासीलो पाटनर चाहिएछ संगै मिलेर गरौँला।
आजकल हामी जस्ता यूवालाई सरकारबाट सहुलियतमा ॠण पनि उपलब्ध छ। प्रदेशमा जति गरे प्रगति केही हुन्न।गरे स्वदेशमै सुन फल्छ भाई।
राम दाईको कुराले अरूणको अनुहारमा अलि खुशीको रेखा देखियो। एकछिन पख्नुस है दाई म घरबेटीलाई भाडा बुझाई तपाई संगै नेपाल जान्छु। कति बस्नु प्रदेश अब दशैं तिहार संगै सबै चाडपर्व नुन रोटी खाएर पनि घरमै मनाउँला।
अरूण तुरून्तै कोठा खाली गरी नेपालमै केही गर्ने सपना बोकी राम दाई संगै खुशी हुदै नेपालको लागि निस्क्यो। (जोशीपुर ५ कैलाली हाल गुजरात भारत)