नाैसय विघा समाज सहयोग युवा समूहद्वारा बिरामी महरालाई आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो,काठमाडौं । नाैसय विघा समाज सहयोग युवा समूहद्वारा धनुषा लक्ष्मिनिया गाँउपालिका वडा न.-३ टाेल (बनिगंमा) घर भएका बिरामी शिव कुमार महरालाई आर्थिक सहयोग गरेको छ । युवा समुहले बिरामीलाई ४० हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बिरामी बुवा बिरेन्द्र महराका अनुसार उनको अहिले काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । छाेरा शिव कुमार महरा केही देखि शरीरिक समस्या हुदा छाेरा लाई लिएर जनकपुरकाे अस्पतालमा चेक गराउदा शरीरमा रगतकाे समस्या देखिएको थियो, “उनले भने”, “अहिले आएर उनको शरीरमा भएको रगत पनि पानी भैसकेको छ, हाल सम्म लगभग ५ लाख जति खर्च भैसकेको छ । घरको आर्थिक अवस्था कम्जोर भएकोले थप रकम जुटाएर छोराको उपचार गर्न सम्भव भएको छैन

उनको उपचारमा संलग्न डाक्टरका अनुसार,उनी निकाे हुन सक्छन । तर उनको आर्थिक अवस्था अतिनै कमजोर रहेको हुदा थप उपचारमा समस्या हुन सक्ने उनको परिवारले बताएको छ । साथै परिवारले सहयोग गर्नेलाई धन्यवाद दिदै थप सहयोगको अपिल गरेको छ ।

नाैसय विघा समाज सहयोग युवा समूहका सदस्य धनिक लाल महराले बिरामीकाे बारेमा जानकारी दिएपछि समुहका संयाेजक विजय कुमार मण्डलले सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरु सङ्ग छलफल गरेर उनलाई आर्थिक सहयोग उपलब्ध गराएको बताएको छ।

साथै, समुहका पदाधिकारीहरु डा. अरुण कुमार मण्डल, बिन्दल यादव, संजिप कुमार महरा र रंजित कुमार मण्डल पिडितको घरमै पुगेर उक्त सहयोग राशि बिरेन्द्र महराका छाेरी लाई हस्तान्तरण गरेको छ ।