आइपिएल उपाधीका लागि चेन्नइ र कोलकत्ता भिड्दै

everest kitchen

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रीकेट प्रतियोगिताको उपाधीका लागी आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स भिड्दैछन् ।

दुबईमा जारी प्रतियोगितामा दुवै टोली दिल्ली क्यापिट्ल्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । खेल आज साँझ नेपाली समय अनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

समूह चरणको खेलमा दिल्ली क्यापिटल्स शीर्ष स्थान,चेन्नई सुपर किङ्स दोश्रो, रोयल च्यालेन्जर्स बैंगलोर तेश्रो र कोलकाता नाइट राइडर्स चौथो स्थानमा पक्का भएसँगै चारे टोली क्वालिफाएर्स प्रवेश गरेका हुन् ।

फाइनल प्रवेश गर्न पहिलो प्लेअफ खेलमा पहिलो टोली दिल्ली र दोश्रो टोली चेन्नईबीच भिडेका थिए । सो खेलमा दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा पुगेका थिए ।

यस्तै इलिमिनेटरमा तेश्रो स्थानको बैंगलोर र चौथो स्थानको कोलकाता भिडेका थिए । कोलकाताले बैंगलोरलाई हराएर दोश्रो प्लेअफमा भिड्न स्थान पक्का गरे । जसमा दिल्ली र कोलकाता भिडे । यसमा पनि दिल्ली पराजित भए र कोलकाताले फाइनलमा चेन्नईसँग खेल्न स्थान बनाए ।