आईपिएलको उपाधि चेन्नई सुपर किङ्सलाई

everest kitchen

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल टी-२० को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा आज राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले।

दिनेश कार्तिकले ९, कप्तान इयान मोर्गनले ४, राहुल त्रिपाठीले २, सुनिल नारिने २ रन जोड्दा नितिश राना र शकिब अल हसन सुन्य रनमा आउट भए ।

शिबम माभीले २० रन बनाए भने लक्की फर्गुसनले अविजित १८ रन जोडे । चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २/२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए । रोबिन उथप्पाले ३१ रन बनाए ।

कोलकाताले सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिए । यससँगै चेन्नईले चौंथो पटक आईपीएलको उपाधि जित्न सफल सफल भएको छ ।