चिनियाँ राजदूतले मनाइन् दसैँ

everest kitchen

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दसैँ मनाएकी हुन्।

सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् – मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।

उनले दुताबासका कर्मचारीहरुसंग टिकाटालो गरेकी हुन्। दुतावासमाई उनले नेपाली संस्कृति अनुसार दशैं मनाएकी हुन्।