रुकुममा युवाहरु र प्रहरीबीच झडप हुँदा ७ प्रहरी घाईते

everest kitchen
photo file

रुकुम। रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवा बिच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरा सहित ७ जना प्रहरी घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएपनि त्यहाँ उनको उपचार सम्भव नभएपछि काठमाडौ लिईएको बताएको छ ।

घाईते प्रहरी सहायक निरीक्षक बोहराको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, प्रहरी हवल्दार कालि बहादुर बोहरा ढाँड, औंलामा र प्रहरी जवान लक्ष्मण गुरुङलाइ टाउकोमा चोट लागेको छ भने अन्य चार जना प्रहरी सामान्य घाईते भएका छन् ।

शुक्रबार राती पौने नौ बजे बागबजार नजिकै छेउमा पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको खबरपछि आरोपीलाई नियन्त्रणमा लिन खोज्दा घटना घटेको हो । घटनामा संलग्न ६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ।