बढी भाडा लिने हेटौंडा-काठमाण्डौ चल्ने यि ५ सुमो नियन्त्रणमा

everest kitchen
photo file

मकवानपुर । हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ चल्ने सुमाले दशैंमा यात्रुहरु सँग तोकिएको भन्दा बढी रकम लिएको भन्दै मकवानपुर प्रहरीले ५ वटा सुमो नियन्त्रणमा लिएको छ ।

सुमो व्यवसायीहरुले दशैंमा यात्रुहरु सँग तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएसंगै प्रहरीले आईतबार चेकजाँचलाई कडाई गर्दा ५ वटा सुमोले तोकिएको भन्दा दोब्बर भाडा लिएको पाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए ।

उनका अनुसार आईतबार हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको ५ वटा सुमोलाई नियन्त्रणमा लिएको र यात्रुको भाडा रकम फिर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता दासका अनुसार नियन्त्रणमा पर्ने सुमोहरुमा ना १ ज १७५२,ना १ ज ७४४०,ना १ ज २०८८,ना १ ज ६४०३ र ना १ ज ५०७६ नंबरका सुमो रहेको छ ।

हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गले अत्याधिक भाडदर वृद्धि गर्दै आएका छन् । यो पटक पनि सुमो व्यवसायीले आफ्नै मनोमानि ढङ्गले भाडादर दोब्बर गरेको यात्रुहरुको गुनासो छ । सुमो व्यवसायीहरुले सुमोको कृतिम अभाव सृजना गरेर यात्रुहरुलाई ठग्ने गरेका छन् ।