भण्डारा-थाकलटार चेपाङ मार्गमा अटो दुर्घटना, ९ जना घाइते

everest kitchen

सविन कुमार
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका स्थित भण्डारा-थाकलटार चेपाङ मार्गमा अटो दुर्घटना भएको छ। डुम्रेखाडीतर्फबाट भण्डारा आउँदै गरेको ना १ ह ९६७३ नम्बरको अटो पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटना लगभग साँझ ५:३० तिर भएको स्थानियहरुले बताएका छन् । दुर्घटनामा चालक सहित ९ जना घाइते भएका छन्। अटोमा १ लगभग ६ बर्षीय बालिका पनि रहेकी थिइन् । उनीलाई भने समान्य चोटपटक लागेको प्रत्यक्षदर्शीहरुले बताएको छ ।

घाइतेहरुलाई टाउको,खुट्टा र ढाडमा बढी चोट लागेको छ। दुर्घटना भएको अटो मनहरी को बताए पनि अटो धनी भने पत्ता नलागेको र यसबारे थप जानकारी आउन बाँकी रहेलो ईलाका प्रहरी कार्यलय भण्डाराका ट्राफिक प्रहरी हवल्दार राज कुमार तामाङले जानकारी दिए ।