बेलायतमा छुरा प्रहार गरि एक सांसदको हत्यापछि अन्य सांसदलाई थप सुरक्षा

everest kitchen

एजेन्सी । बेलायतमा एक सांसदमाथि छुरा प्रहार गरि हत्या भएपछि अन्य सांसदहरुको सुरक्षा व्यबस्था कडा पारिएको छ । कन्जरभेटिभका सांसद डेभिड अमेसलाई पूर्वी लन्डनको लेग अन सी सहरको एउटा चर्चमा शुक्रबार एक व्यक्तिले छुरा प्रहार गरेका थिए ।

मतदातासँग छलफल गरिरहेका बेला ६९ वर्षीय डेभिडको हत्या भएको थियो । सो आक्रमणपछि अन्य सांसदहरुमा त्रास बढेको छ । उनीहरुलाई सरकारले थप सुरक्षाकर्मीको व्यबस्था गरेको छ । पाँच वर्षअघि पनि लेबरका सांसद जो कोक्समाथि यस्तै हमला भएको थियो ।

शुक्रबारको हमलामा अतिवादी मुस्लिम समूहको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणको आशंकामा प्रहरीले एक संदिग्ध व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरेको छ । स्कटल्यान्ड यार्ड्स काउन्टर टेरोरिजम कमान्डले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

गृहमन्त्री प्रिति पट्टेलले सांसदहरुलाई प्रदान गरिएको सुरक्षा व्यबस्था समिक्षा गर्न प्रहरीलाई निर्देशन दिएकी छिन् । सांसद र उच्च अधिकारीहरुले आफ्नो सुरक्षाप्रति चासो देखाएको उनले बताइन् ।