सरकार सञ्चालनका लागि माओवादीको छुट्टै कमिटी

everest kitchen

काठमाडौं। नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्ने बताएको छ ।

त्यस्तै, पार्टीको सांगठनिक विषयमा पनि छलफल भएको बताएको छ । कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।