लगातारको अबिरल वर्षाले बगायो महेन्द्रनगरमा रहेको “भाइरल रोड “

everest kitchen

समीर मल्ल
कञ्चनपुर । आइतबारदेखि परेको लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको बताए ।

“निमार्णाधीन चार लेनको पुलसँगै बनिरहेको पहुँच मार्ग जहाँ हजारौं युवा युवतिहरु टिकटक बनाउनको भिड लाग्ने गरेको (भाइरल रोड) नदीले कटान गरिरहेको छ”, भने, “पारी दोधारा चाँदनीतर्फ पनि नदी किनारका बस्तीमा पानी पस्न थालेको छ ।”

यहाँको खल्ला मसेटी क्षेत्रमा महाकाली नदी गाउँ पसेको यहै अबस्था कायम रहे जनधनको ठूलो क्षती हुने बताइयको छ ।