लडेर घाइते भएका रुकुमका भिम बहादुर ओलीको निधन

everest kitchen

रुकुम । भिरबाट लडेर गम्भीर घाइते भएका रुकुमका ४२ वर्षीय  भिम बहादुर ओलीको निधन भएको छ । असोज २७ मा भिरबाट लडेर गम्भीर घाईते भएका रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका -३ का स्थायी बासिन्दा ओलीको उपचारको क्रममा निधन भएको हो ।

ओली नजिकै घरमाथिको भिरबाट असोज २७ गते दिउँसो तिर लडेर गम्भीर घाईते भएपछि उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा लगिएको पारिवारले बताएको छ । उनको त्यहीँ उपचारको क्रममा मंगलबार साँझ निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

गाउँमा निक‌ैनै मिलनसार स्वाभावका उनी गाउँमा नेतृत्वदायी भुमिकामा रहदै आएका थिए । उनको घरमा श्रीमती, दुई छोरा र एक बुहारी समेत रहेका छन् । केही बर्षअघि उनका बुवाको पनि भिरबाट लड्दा निधन भएको थियो ।