मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड विरुद्धको पुर्ण डोज खोप लगाए

everest kitchen

एजेन्सी । मलेसियामा हालसम्म २ करोड २० लाखबढीले कोभिड-१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म २ करोड २० लाख १३ हजार २६३ जनाले पुर्ण मात्राको खोप लगाएका छन् ।

कोभिड-१९ बाट निकै नै प्रभावित रहेको मलेसियाले पछिल्लोपटक कोभिड नियन्त्रणमा उल्लेख्य भूमिका खेलेको छ । कोभिड नियन्त्रणको लागि द्रुतगतिमा खोप कार्यक्रम चलाएको मलेसियाले हालसम्म २ करोड २७ लाख ६४ हजार २०३ जनालाई एक डोज खोप लगाउन सफल रहेको छ । यो मलेसियामा रहेको कुल जनसंख्याको ९७.२”प्रतिशत सङ्ख्या हो ।

मलेसिया सरकारले मलेसियामा रहेका सम्पूर्ण मानिसहरुलाई नि:शुल्क कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउदै आएको थियो । जस अनुसार वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका विदेशी नागरिकले पनि सहजै खोप लगाउन पाएका छन् ।

त्यस्तै मलेसियामा हालसम्म १२ देखि १७ वर्ष उमेर समुहका किशोर किशोरीलाई पनि खोप अभियान सञ्चालन गरेको छ । जसअनुसार हालसम्म २४ लाख ९१ हजार ८२२ जनाले एउटा डोज खोप लगाएका छन् भने १० लाख ३९ हजार ६८९ जना किशोर किशोरीले पूर्ण डोजको खोप लगाएका छन् ।बर्नमा