कञ्चनपुरका टिकटक स्टारको रुपमा अंशु वर्माद्वारा बाढिपिडितलाई खाद्यान्न सहयोग

everest kitchen

समीर मल्ल
कञ्चनपुर ।कञ्चनपुरका टिक टक स्टार भनेर चिनिने अशु वर्माले भीनपा–११ र १२ मा रहेका बाढिपिडितलाई खाद्यान्न सहयोग गरेका छन् ।

असार ३१ गते बाट तिन दिन परेको अविरल वर्षाका कारण स्कुल, वडा कार्यालयमा बास बस्न पुगेका वाढिपिडितलाई वर्माले आफ्नो व्याक्तिगत तर्फबाट ५० जनालाई खाद्यान्न सहयोग गरेको बताएका छन् । उनका अनुसार प्रत्येक परिवारलाई एक कट्टा चामल, दाल २ के.जी. र चाउ चाउ १० प्योकटका दरले उपलब्ध गराएका हुन ।

सरकारले गर्नुपर्ने काम एक व्यक्तिले गरेको भन्दै स्थानिय वासिन्दा उनको अझै प्रगतिको कामना गरेको वर्माले बताए । आफुले यसरी सानो सहयोग गर्न पाउदा साह्रै खुशी लागेको र आगामी दिनमा पनि सक्ने सहयोग गर्ने उनलेे बताए ।

यस्तो कठिन परिस्थीतिमा आफुहरुलाई सहयोग गरेकोमा यो गुन कहिले आफुहरुले नबिर्सिने स्थानीय पुजा टमाटाले बताईन । उनको अझै प्रगति हुदै जाओस् समाजसेवा प्रति पनि सदैव लगाव रहोस् पुजा टमाटाले उनको कामना पनि गरिन ।’

खाद्यान्न वितरण कार्यमा वडा नं. ११ कि वडा सदस्य गीता ओली, बाशुदेव भट्ट(होहो), गायत्री भट्ट लगायत स्थानीय युवाहरुको सहयोग रहेको थियो ।