सिलुङ्गे सामुदायिक वनभित्र बाहिरी मौरी पालकले मौरी भित्र्याउन नपाउने

everest kitchen

मकवानपुर। पश्चिम मकवानपुर राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ स्थित सिलिङ्गे सामुदायिक वन भित्र यो बर्ष सामुदायिक वनको अनुमतीबिना मौरी भित्र्याउन रोक लगाएको छ।

सामुदायिक वन भित्र मौसम अनुकुल चिउरी फुल्ने बेला जिल्ला बाहिर बाट धेरै मौरी भित्रीने गरेको छ। बाहिरी मौरी भित्रीदै गर्दा चरण क्षेत्रमा चिउरिको बोट कम भएको र बाहिरी मौरी भित्र्याउदा स्थानीय मौरी पालकलाई समस्या हुने भन्दै स्थानीय मौरी पालकहरुले यसलाई रोक्न माग गरेका छन्।

बाहिरी मौरी भित्र्याउदा स्थानीय मौरी पालकलाई चरम अभाव हुने भन्दै स्थानीय मौरी पालकहरुले यसलाई रोक्न माग गरेपछि स्थानीय ब्याबसायहरुलाई मध्य नजर गरि सामुदायिक वनले यो निर्णय लिएको सामुदायिक वन अध्यक्ष आईत सिं प्रजाले बताए।