मिनुस्का मिसनमा रहेको नेपाली सेनाद्वारा विद्यालय पुनःनिर्माण गरि हस्तान्तरण

everest kitchen

 

 

काठमाडौँ। मिनुस्का मिसनमा तैनाथ रणशेर गण (शा.से.) एचआरपिवि सातौं डफ्फाले सिभिल अफेयर मिनुस्कासँगको सहकार्यमा अटोङ्गो इलाकामा रहेको स्थानीय विद्यालयको पुनःनिर्माण कार्य सम्पन्न गरि हस्तान्तारण गरेको छ।

कोभिड–१९ को सम्पूर्ण मापदण्डहरु पालना गरि सञ्चालन भएको उक्त कार्यक्रममा विद्यालय स्थानीय अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी तथा युनिसेफ ओचाका स्थानीय प्रमुखहरुको उपस्थितिमा ईलाकामा तैनाथ नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट कोभिड–१९ रोकथामका सुरक्षात्मक सामग्रीहरुलगायत शैक्षिक सामग्रीहरुसमेत उपलब्ध गराइएको थियो ।

तस्वीर सौजन्य: जनसम्पर्क तथा सूचना निर्देशनालय